काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नयाँ शक्ति पार्टी (नेसपा) का अध्यक्ष डा.बाबुराम भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) द्वारा सञ्चालित हस्ताक्षर अभियानमा ऐक्यबद्धता जनाएका छन्।
शनिबार रास्वपाको केन्द्रीय कार्यालय बनस्थली पुगेर डा.भट्टराईले अभियानमा हस्ताक्षर गर्दै समर्थन जनाएका हुन्। रास्वपाले असार ७ गतेदेखि अध्यक्ष रवि लामिछानेमाथि भइरहेको राजनीतिक प्रतिशोधको विरोधमा हस्ताक्षर अभियान थालेको छ।
रास्वपाका सहकोषाध्यक्ष दीपक बोहोराले डा.भट्टराईको सहभागितालाई अभियानप्रति मिलेको सशक्त समर्थनको रूपमा व्याख्या गरेका छन्।
यसअघि, गत २१ मंसिरमा डा.भट्टराईले जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेका रवि लामिछानेसँग भेट गरेका थिए। त्यतिबेला उनले लामिछानेमाथि राज्यबाट एकपछि अर्को ढंगमा दुःख दिने कार्य भइरहेको भन्दै आलोचना गरेका थिए।
डा.भट्टराईले राज्यका निकायहरूबाट अस्वाभाविक र अन्यायपूर्ण व्यवहार भएको टिप्पणी गर्दै रास्वपाको आन्दोलनलाई समर्थन जनाउने बताएका थिए।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया