दाङ । तुलसीपुर उपमहानगरपालिका–१४ का ३८ वर्षीय चन्द्र मगरलाई १५ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको छ।
इलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार, मगरले ती बालिकामाथि जबरजस्ती करणी गरेको उजुरी प्राप्त भएपछि प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो।
प्रहरीले घटनाबारे आवश्यक अनुसन्धान अघि बढाएको जनाएको छ। पीडित बालिकाको स्वास्थ्य परीक्षण तथा बयान प्रक्रिया जारी रहेको जानकारी प्राप्त भएको छ।
प्रहरी स्रोतका अनुसार प्रारम्भिक अनुसन्धानपछि अभियुक्तविरुद्ध कानुनी प्रक्रिया अगाडि बढाइनेछ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया