काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) सम्पर्क समन्वय समितिद्वारा पार्टीका तत्कालीन महासचिव मदनकुमार भण्डारीको ७४औँ जन्मजयन्तीका अवसरमा आज बृहत् पदयात्रा कार्यक्रम गरिएको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालाबाट सुरु भएको पदयात्रा थापाथली, माइतीघर, बबरमहल, बानेश्वरहुँदै तीनकुनेमा पुगेर समापन भएको थियो ।
यसअघि उक्त पदयात्रा शुभारम्भ गर्दै एमाले महासचिव शंकर पोखरेलले स्व भण्डारीले अघि सारेको जनताको बहुदलीय जनवादले नेपाली समाजमा रुपान्तरणका लागि महत्त्वपूर्ण योगदान गरेको उल्लेख गरे ।
उनले भने, ‘जनताको बहुदलीय जनवाद नेपाली समाजलाई अघि बढाउने उद्देश्यका लागि मार्ग निर्देशन गर्ने विचार हो, त्यही माध्यमद्वारा सुखी नेपाली समृद्ध नेपालको राष्ट्रिय आकाक्षा पूरा गर्ने लक्ष्यका साथ हामी एमालेलाई निर्णायक राष्ट्रिय शक्ति निर्माण गर्ने अभियानमा जुटेका छौ ।’
महासचिव पोखरेलले एमालेलाई निर्णायक शक्तिकारुपमा उभ्याउन मिसन–८४ यो अभियानका महत्त्वपूर्ण कडी भएको जनाउँदै सोही माध्यमबाट मुलुकलाई विकास र समृद्धिको नयाँ युगमा लिएर जान चाहेको स्पष्ट पारे ।
उनले भने, ‘पार्टी नेतृत्वमा मुलुकलाई युगतर्फ लैजान प्रयत्न भइरहेको छ, नेपाल साधन स्रोतका हिसाबले कमजोर छ, नागरिक सम्पन्नताका हिसाबले कमजोर छन् भन्ने भाष्यलाई चिरेर सम्पन्न छ भन्ने कुरा दैलेखमा रहेको ग्यास भण्डारणको अन्वेषणबाट प्रमाणित गरेका छौँ ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया