बाह्य ऋण पुँजी निर्माणमा खर्च गरिनेछ : अर्थमन्त्री पौडेल

लोकपथ
182
Shares

काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बाह्य ऋण पुँजी निर्माणमा नै खर्च गरिने बताएका छन् । 

शनिबार प्रतिनिधि सभामा राष्ट्र ऋण उठाउने विधेयकमाथि उठेको प्रश्नको जवाफ दिँदै अर्थमन्त्री पौडेलले वैदेशिक ऋण, अनुदानहरूलाई राष्ट्रिय पुँजी निर्माणमा लगाइने बताएका छन्  । उनकाअनुसार बाह्य ऋण साधारण खर्चका निम्ति खर्च हुनुहुँदैन भन्ने पक्षमा सरकार छ । 

उनले भने, ‘हामी स्पष्ट हुन जरुरी छ । साधारण खर्चका लागि ऋण लिने होइन । पुँजीगत खर्चका लागि लिनुपर्छ । उत्पादन उत्पादकत्व बढाउन ऋण लिनुपर्छ । यसका निम्ति आएका सुझावहरूप्रति सम्मान गर्न चाहन्छु । सरकारको दृष्टिकोण पनि त्यही नै हो । चालु र आगामी आवको राष्ट्र ऋणको तुलना गर्दा राजश्वले व्यहोर्ने दायित्व बढाएर प्रस्ताव गरिएको छ । यसको अर्थ हामी ऋणलाई पुँजी निर्माणको क्षेत्रमा खर्च गछौँ भन्ने नै हो ।’

अर्थमन्त्री पौडेलले ऋण लिएर तिर्ने अवस्था अहिले पनि रही रहेको बताए । विगतको दायित्व धेरै भएकाले अहिले संयमित तवरले नै ऋण लिइएको उनको भनाइ रहेको छ ।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?