काठमाडौं । नेपाली कांग्रेसका सांसद अर्जुन नरसिंह केसीले प्राकृतिक जोखिममा परेकालाई तत्काल उद्धार गरी उचित क्षतिपूर्ति र राहत प्रदान गर्न सरकारसँग आग्रह गरेका छन्।
प्रतिनिधि सभाको आजको बैठकको आकस्मिक समयमा बोल्दै सांसद केसीले नेपाल प्राकृतिक रूपमा उच्च जोखिमयुक्त देश भएको कारण विपद् न्यूनीकरणमा प्रभावकारी समन्वय गर्नुपर्ने आवश्यकतामा जोड दिएका हुन्।
उनले असार १२ गते अविरल वर्षाका कारण आएको बाढीले ककनी गाउँपालिका–१ कागतीगाउँस्थित भसीबुमा एक महिलाको मृत्यु र एक पुरुष गम्भीर घाइते भएको जानकारी दिँदै मृतकको परिवारलाई उचित क्षतिपूर्ति र घाइतेको उपचार, राहत तथा पुनर्स्थापना गर्न माग गरे।
सांसद केसीले प्रदेश र स्थानीय तहबीच जोखिम न्यूनीकरण र विपद् व्यवस्थापनमा आवश्यक समन्वयको पनि जोड दिएका छन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया