रास्वपाको आरोप : ‘मानव तस्करीमा राजनीतिक संरक्षण, जनताको आत्मसम्मानमाथि चीरहरण’

लोकपथ
70
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद गणेश पराजुलीले भिजिट भिसाका नाममा भइरहेको मानव तस्करी राष्ट्र र जनताको आत्मसम्मानमाथि गरिएको चीरहरण भएको टिप्पणी गरेका छन्।

प्रतिनिधिसभाको बैठकमा आइतबार बोल्दै उनले नेपाल अब मानव तस्करीको ट्रान्जिट हबको रूपमा चिनिन थालेको गम्भीर अवस्था औंल्याए।

सांसद पराजुलीले आरोप लगाए, ‘तपाईंको सचिवालयकै सदस्य यो आपराधिक क्रियाकलापमा जोडिँदै गर्दा राजनीतिक संरक्षणको आशंका गर्नु अनुचित हुँदैन।’

उनले हालैको ९ बुँदे कार्यादेशप्रति प्रश्न उठाउँदै भने, ‘मानव तस्करीमा अनुसन्धान नै नगर्ने गरी कार्यादेश बनाइनु अनुसन्धानभन्दा बढी दोषीलाई जोगाउने नियतप्रति संकेत गर्छ। के यो आफ्ना मान्छेलाई फुत्काउन बनाइएको हो ?’

उनले अख्तियारले छानबिन समिति बनाएपछि गृहमन्त्रीले देखाएको व्यवहार पनि शङ्कास्पद रहेको दाबी गरे। ‘यदि सरकार दोषी छैन भने निष्पक्ष छानबिनबाट डराउनु पर्ने कुनै कारण छैन,’उनले स्पष्ट पारे।

रास्वपाले भिजिट भिसा प्रकरणमा उच्चस्तरीय निष्पक्ष छानबिन र गृहमन्त्रीको राजीनामाको माग गर्दै संसद्‍ अवरुद्ध गरिरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?