प्रधानमन्त्रीको सम्बोधनकै बिच रास्वपाका सांसद सदनबाट बाहिरिए

लोकपथ
1.7k
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभामा सम्बोधन गरिरहँदा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरू सदनबाट बाहिरिएका छन्।

भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको राजीनामा र संसदीय छानबिन समितिको माग गर्दै रास्वपा सांसदहरूले वेल घेराउ गरिरहेका थिए। तर प्रधानमन्त्री ओली बोल्न थालेपछि उनीहरू बैठक छाडेर बाहिरिएका हुन्।

यसअघि नै राप्रपाका सांसदहरूले पनि विरोधस्वरूप बैठक बहिष्कार गरिसकेका छन्। यता, सरकार भने रास्वपाको मागअनुसार छानबिन समिति गठन गर्न तयार देखिएको छैन।

प्रधानमन्त्री ओली हालैको स्पेन भ्रमणबारे सदनलाई जानकारी गराउँदै सम्बोधनमा जुटिरहेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?