काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले माध्यमिक शिक्षा परीक्षा (एसईई) मा ग्रेड प्राप्त गर्ने विद्यार्थीहरूलाई बधाई दिएका छन्। सामाजिक सञ्जाल फेसबुकमार्फत शुभकामना व्यक्त गर्दै उनले यो वर्षको नतिजा विगतको तुलनामा उल्लेखनीय रूपमा सुधार भएको बताएका हुन्।
उनका अनुसार यसवर्ष करिब ६१.८१ प्रतिशत परीक्षार्थीले ग्रेड प्राप्त गरेका छन्, जुन अघिल्लो वर्षको ४७.८६ प्रतिशतभन्दा झण्डै १४ प्रतिशतले वृद्धि हो। गतवर्ष ५२.१४ प्रतिशत विद्यार्थी ‘ननग्रेड’ श्रेणीमा परेका थिए।
प्रधानमन्त्री ओलीले लेखेका छन्, ‘बितेको वर्षमा नतिजा सुधार गर्न हामीले गरेको मेहनत काम लागेको छ। ग्रेड नपाउने विद्यार्थीहरूले पनि यसलाई नै अन्तिम परीक्षा नठान्नु होला, सफलताको अर्को दिन पनि आउने छ।’
उनले परीक्षा पास गरेका सबै विद्यार्थीहरूलाई बधाई दिँदै अगामी भविष्यका लागि शुभकामना व्यक्त गरेका छन्। साथै, असफल भएका विद्यार्थीहरूलाई हतोत्साहित नहुन आग्रह गर्दै आत्मविश्वासका साथ पुनः अगाडि बढ्न प्रेरणा दिएका छन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया