वासिङ्टन डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानडासँगको सबै व्यापार वार्ता अन्त्य गर्ने चेतावनी दिएका छन्। क्यानडाले अमेरिकी प्रविधि कम्पनीहरूमा डिजिटल सेवा कर लगाएको भन्दै ट्रम्पले यस्तो चेतावनी दिएका हुन्।
उनको आरोप छ कि क्यानडाले अमेरिकी कम्पनीहरूलाई अन्यायपूर्ण रूपमा लक्षित गरेको छ। आगामी जुलाई ९ सम्मको समयसीमा नजिकिँदै गर्दा अमेरिका विभिन्न व्यापार साझेदारहरूसँगको वार्ता सक्न हतारमा देखिएको छ।
यसैबीच, ह्वाइट हाउसका प्रेस सचिव क्यारोलिन लेभिटले बिहीवार एक प्रेस विज्ञप्तिमा ट्रम्पले सो समयसीमा आवश्यक परे लम्ब्याउन सक्ने संकेत पनि दिएको बताइन्।
ट्रम्प प्रशासनको कडा चेतावनीले उत्तर अमेरिकी व्यापार सम्बन्धमा नयाँ तनाव सिर्जना गरेको छ। आगामी दिनमा यसले दुबै मुलुकबीचको आर्थिक सम्बन्धमा कस्तो असर पार्ला भन्नेमा चासो बढ्दै गएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया