काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को आगामी संस्करणका लागि काठमाडौं गुर्खाजले आफ्नो कप्तानसहित ६ खेलाडीलाई रिटेन गरेको छ।
गुर्खाजले सामाजिक सञ्जालमार्फत जानकारी दिँदै कप्तान करण केसी, भीम सार्की, शाहव आलम, दीपेश कंडेल, रसिद खान र प्रतीक श्रेष्ठलाई टोलीमा कायम राखेको हो। यी खेलाडीहरू एनपीएलको पछिल्लो संस्करणमा पनि गुर्खाजको प्रमुख सदस्यका रूपमा रहेका थिए।
त्यस्तै, क्लबले कृष्ण कार्की, सुमित महर्जन, शंकर राना, राजु रिजाल र विवेक केसीलाई रिलिज गरेको छ।
यसअघि नै सुदूरपश्चिम रोयल्स, लुम्बिनी लायन्स र चितवन राइनोजले पनि आगामी सिजनका लागि ६–६ खेलाडी रिटेन गरिसकेका छन्। एनपीएलको यो तयारी आगामी संस्करणको लागि टीमहरूबीचको प्रतिस्पर्धा चर्को हुने संकेतको रूपमा हेरिएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया