काठमाडौं । जिल्लाको अर्नमा गाउँपालिका–१ मा एक युवकको शव घरअगाडि मृत अवस्थामा फेला परेको छ । स्थानीय रामसेवक महराका छोरा अन्दाजी ४३ वर्षीय अजय महराका छोरा हुन् ।
शव कुटपिटपछि घिसारिएको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ। साथै मृतकको घाँटीमा लुगा बेरिएको देखिएकाले हत्या योजनाबद्ध ढंगले भएको हुन सक्ने आशंका गरिएको छ।
घटनापछि स्थानीय बासिन्दाको भीड लागेको थियो भने जिल्ला प्रहरी कार्यालय सिरहाबाट प्रहरी टोली घटनास्थलमा पुगेको छ।
घटनाको पुष्टि हत्या भएजस्तो देखिने र विस्तृत विवरण अनुसन्धानपछि मात्रै खुल्ने प्रहरीले जनाएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया