काठमाडौं । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले आज बिहान साढे १० बजे प्रमुख तीन दलका प्रमुख सचेतकहरूसँग संसद् भवन, नयाँ बानेश्वरमा छलफल गर्न लागेका छन् ।
सत्तापक्ष र प्रमुख प्रतिपक्षी दलका प्रमुख सचेतकहरूलाई छलफलका लागि बोलाइएको सभामुखको सचिवालयले जानकारी दिएको छ। छलफलमा हालको संसदीय गतिरोध, विधेयक प्रक्रियालगायत विषयमा कुराकानी हुने अनुमान गरिएको छ।
यसैबीच, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संसदीय दलको बैठक आजै परेकाले रास्वपाका प्रमुख सचेतकसँग भने सभामुखले बैठकपश्चात छुट्टै छलफल गर्ने कार्यक्रम तय गरिएको छ। सभामुखको सचिवालयका अनुसार छलफलको मिति र समय रास्वपाको बैठक सकिएपछि जानकारी गराइनेछ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया