आज पनि अमेरिकी डलरको भाउ घट्यो, अरुको कति ?

लोकपथ
336
Shares

काठमाडौं ।  नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। राष्ट्र बैंककाअनुसार अमेरिकी डलर आज पनि घटेर एकको खरिददर १३६ रुपैयाँ ४७ पैसा र बिक्रीदर १३७ रुपैयाँ ०७ पैसा निर्धारण गरिएको छ।

शुक्रबार यसको भाउ एकको खरिददर १३६ रुपैयाँ ८४ पैसा र बिक्रीदर १३७ रुपैयाँ ४४ पैसा थियो।

युरोपियन युरो एकको खरिददर १५९ रुपैयाँ ९० पैसा र बिक्रीदर १६० रुपैयाँ ६० पैसा तोकिएको छ। शुक्रबार यसको भाउ एकको खरिददर १५९ रुपैयाँ ४९ पैसा र बिक्रीदर १६० रुपैयाँ १८ पैसा थियो।

युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८७ रुपैयाँ ३९ पैसा र बिक्रीदर १८८ रुपैयाँ २२ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १७० रुपैयाँ ९० पैसा र बिक्रीदर १७१ रुपैयाँ ६५ पैसा कायम गरिएको छ ।

अस्ट्रेलियन डलर एकको खरिददर ८९ रुपैयाँ २०  पैसा र बिक्रीदर ८९ रुपैयाँ ६० पैसा तोकिएको छ। शुक्रबार यसको भाउ  एकको खरिददर ८९ रुपैयाँ ४१  पैसा र बिक्रीदर ८९ रुपैयाँ ८० पैसा थियो।

 क्यानेडियन डलर एकको खरिददर ९९ रुपैयाँ ९७ पैसा र बिक्रीदर १०० रुपैयाँ ४१ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०६ रुपैयाँ ९९ पैसा र बिक्रीदर १०७ रुपैयाँ ४६ पैसा तोकिएको छ ।

जापानी येन १० को खरिददर नौ रुपैयाँ ४४ पैसा र बिक्रीदर नौ रुपैयाँ ४८ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपैयाँ ०३ पैसा र बिक्रीदर १९ रुपैयाँ ११ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपैयाँ ३९ पैसा र बिक्रीदर ३६ रुपैयाँ ५५ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपैयाँ ३४ पैसा र बिक्रीदर ३७ रुपैयाँ ५० पैसा कायम भएको छ ।

केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर चार रुपैयाँ १८ पैसा र बिक्रीदर चार रुपैयाँ २० पैसा, युएई दिराम एकको खरिददर ३७ रुपैयाँ १६ पैसा र बिक्रीदर ३७ रुपैयाँ ३२ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३२ रुपैयाँ २७ पैसा र बिक्रीदर ३२ रुपैयाँ ४१ पैसा, साउथ कोरियन वन १०० को खरिददर १० रुपैयाँ ०३ पैसा  र बिक्रीदर १० रुपैयाँ ०८ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १४ रुपैयाँ ४० पैसा र बिक्रीदर १४ रुपैयाँ ४६ पैसा र डेनिस क्रोनर एकको खरिददर २१ रुपैयाँ ४३ पैसा र बिक्रीदर २१ रुपैयाँ ५३ पैसा तोकिएको छ ।

 राष्ट्र बैकले हङकङ डलर एकको खरिददर १७ रुपैयाँ ३८ पैसा र बिक्रीदर १७ रुपैयाँ ४६ पैसा, कुवेती दिनार एकको खरिददर ४४६ रुपैयाँ २२ पैसा र बिक्रीदर ४४८ रुपैयाँ १८ पैसा, बहराइन दिनार एकको खरिददर ३६१ रुपैयाँ ७५ पैसा र बिक्रीदर ३६३ रुपैयाँ ३४ पैसा, ओमनी रियाल एकको खरिददर ३५४ रुपैयाँ ४५ पैसा र बिक्रीदर ३५६ रुपैयाँ ०१ पैसा रहेको छ ।

भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ । राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ ।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?