अहिले ल्याइएको बजेट ०६४ साल यताकै व्यवहारिक : सांसद जबरा

लोकपथ
224
Shares

काठमाडौं । नेपाली कांग्रेसका सांसद उदय शमशेर जबराले सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेट ०६४ साल यताका कम्युनिष्ट अर्थमन्त्रीहरूले ल्याएको भन्दा व्यवहारिक भएको बताएका छन् । शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले अहिलेको बजेट व्यवहारिक रहेको बताए ।  

सरकारले ल्याएको बजेटले निजी क्षेत्रलाई पनि त्यत्तिकै महत्त्व दिएको उनको भनाइ छ । कम्युनिष्ट अर्थमन्त्रीले व्यवहारिक बजेट ल्याए पनि बागमती र मधेस प्रदेशको बजेट अर्थतन्त्र बुझ्ने कांग्रेसी नेताहरूका लागि लज्जाजनक रहेको बताए । एमाले र कम्युनिष्टहरुलाई अर्थतन्त्र कसरी चलाउने भनेर सिकाएको कांग्रेसले आफैँले नसिककोमा दुःख लागेको बताए ।  

उनले भने, ‘अहिले सायद ०६४ सालपछि बजेट जुन एउटा कम्युनिष्ट अर्थमन्त्रीले ल्याएको छ । यो चाहिँ अलिकति व्यवहारिक बजेट हो की भन्ने मलाई लागेको छ । यसले निजी क्षेत्रलाई पनि अलिकति इन्करेज गरेको छ । तर अलिकति दुःख लाग्दो कुरा के छ भने एमालेको अर्थमन्त्रीले अलिकति व्यवहारिक बजेट ल्यायो । तर हाम्रो विशेष गरेर दुई वटा प्रदेशमा बागमती प्रदेश र मधेस प्रदेशमा जुन किसिमले बजेट ल्याएको छ, अलिअलि अर्थतन्त्र बुझ्ने हामी कांग्रेसीहरुले त मुखै छोप्ने परिस्थिति बनेको छ । हामीले आफूले आफूलाई हेर्नुपर्छ । एमाले र कम्युनिष्टहरुलाई अर्थतन्त्र कसरी चलाउने भनेर सिकायौँ, तर हामी आफैँले नसिककोमा दुःख लाग्दो भएको छ ।’

सांसद जबराले तीन करोडको सिलिङ राखे पनि बजेट आउँदा त्यस भन्दा तलका योजनाहरू पनि राखिएकोप्रति आपत्ति जनाए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?