काठमाडौं । बागमती प्रदेश सभा सदस्य तथा नेपाली कांग्रेस नेता रामकुमार पहाडीले बागमती प्रदेशको आगामी आर्थिक वर्ष २०८२–८३ को बजेटसँग सम्बन्धित समाचारप्रति आपत्ति जनाएका छन् ।
प्रदेश सभा सदस्य पहाडीले आगामी आर्थिक वर्षको बजेटका सन्दर्भमा बागमती प्रदेशका आर्थिक मामिलामन्त्री कुन्दनराज काफ्लेमाथि आरोप लगाएको विषय आएको थियो ।
बागमती प्रदेश नेपाली कांग्रेस संसदीय दलको बैठकमा मन्त्री काफ्लेमाथि बजेटका सन्दर्भ जोडेर विभिन्न आरोपहरु लगाइएको खबर बाहिरिएको थियो । त्यसमा प्रदेश सभा सदस्य पहाडीको नाम उल्लेख भएकोमा आपत्ति जनाउँदै एक सञ्चारमाध्यममा आएको समाचारप्रति खण्डन गर्दै आपत्ति जनाएका हुन् । साथै आफ्नो नाम कोड गरेर लेखिएको उक्त समाचार समेत भ्रामक र दूरासयपूर्ण रहेको दाबी गरेका छन् ।
एक विज्ञप्ति जारी गर्दै उनले उक्त समाचारमा आफ्नो नाम उल्लेख गर्दै मन्त्री कुन्दनराज काफ्लेमाथि संसदीय बैठकमा आरोप लगाएको भनी लेखिएको विवरण पूर्णतः असत्य, आधारहीन र बदनियतपूर्ण भएको जनाएका छन् ।
उनले भनेका छन्, ‘समाचारमा उल्लेख गरिएका कुराहरूमा कुनै पनि सत्यता छैन। समाचार काल्पनिक, अनर्गल र भ्रामक मात्र नभई चरित्र हत्या गर्ने नियतका साथ लेखिएको देखिन्छ,’ उनले भनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?











प्रतिक्रिया