राजश्व अनुसन्धान विभागमा घिमिरेको १० महिना, अनिवार्य अवकाशमा जाँदाजाँदै के भने ?

लोकपथ
1.1k
Shares

काठमाडौं । राजश्व अनुसन्धान विभागको महानिर्देशक चण्डीप्रसाद घिमिरे अनिवार्य अवकाशमा जाँदैछन् ।

घिमिरेले आफ्नो लामो निजामती सेवा अन्तर्गत काम गरेर केही दिनमा बिदाई हुन लागेका हुन् । उनी ०८१ साल भदौ ९ गते विभागको नेतृत्वमा आएका थिए । विभागमा आफ्नो १० महिने कार्यकाल र अनिवार्य अवकाशमा जान लागेका घिमिरेले पत्रकारहरुसँग अन्तक्र्रिया गरेर आफ्नो कार्यकाल र निजामती क्षेत्रमा प्रवेशदेखि हालसम्म गरेका कामबारे समीक्षा गरेका छन् ।

ललितपुरको हरिहरभवनस्थित विभागको कार्यालयमा पत्रकार भेटघाट कार्यक्रममा उनले १० महिनामा आफूले राजश्व चुवाहट नियन्त्रणदेखि विभिन्न सुधारका कामहरु गरेको दाबी गरेका छन् ।

आफ्नो नेतृत्वमा विभागले १० महिनामा अर्थात् आर्थिक वर्ष २०८१।८२ को जेठ मसान्तसम्म राजस्व चुहावटतर्फ १६० जना प्रतिवादीहरु उपर ४८ वटा अभियोगपत्र दायर गरेको घिमिरेले बताएका छन्। राजस्व चुहावट (नुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ बमोजिम उल्लिखित प्रतिवादीहरुउपर २ अर्ब ५९ करोड बिगो तथा शतप्रतिशत जरिवाना २ अर्ब ५९ करोडसहित जम्मा ५ अर्ब १९ करोड बराबरको मागदावी लिई सम्बन्धित उच्च अदालतहरुमा अभियोगपत्र दायर गरिएको उल्लेख गरेका छन् ।

‘यस विभागमा महानिर्देशकको रुपमा मैले आफ्नो १० महिने कार्यकाल पूरा गर्दैगर्दा राजश्व अनुसन्धान विभाग तथा मातहतका कार्यालयहरुबाट आ.व २०८१।८२ को जेठ मसान्तसम्म राजस्व चुहावटतर्फ १६० जना प्रतिवादीहरु उपर ४८ वटा अभियोगपत्र दायर भएको छ । राजस्व चुहावट (नुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ बमोजिम उल्लिखित प्रतिवादीहरुउपर २ अर्ब ५९ करोड बिगो तथा शतप्रतिशत जरिवाना २ अर्ब ५९ करोडसहित जम्मा ५ अर्ब १९ करोड बराबरको मागदावी लिई सम्बन्धित उच्च अदालतहरुमा अभियोगपत्र दायर गरिएको छ,’ उनले विज्ञप्ति जारी गर्दै भनेका छन् ।

त्यस्तै विभागको क्षेत्राधिकारमा रहेको विदेशी विनिमय अपचलन नियन्त्रण रहेकोमा सो क्षेत्रमा घिमिरे विभागको नेतृत्वमा आइसकेपछि १६१ जना प्रतिवादीउपर १७१ मुद्दा दायर गरी १ अर्ब २६ करोड विगो तथा जरिवानातर्फ ३ अर्ब ७८ करोड समेत गरी कुल ५ अर्ब भन्दा बढी मागदाबी लिइ सम्बन्धित जिल्ला अदालतमा अभियोगपत्र दायर गरिएको बताएका छन् ।

त्यस्तै उनले आफू नेतृत्वमा आएदेखि विभिन्न विदेशमा उत्पादित विभिन्न कपडा चोरी पैठारी, चीनमा उत्पादिन भेपको भन्सार चोरी पैठारी, ब्राण्डेड मदिराको बिर्को तथा ब्राण्डेड जुत्ताको चोरी पैठारी तथा भारतीय यात्रु बसमा फल्स बटम बनाई भन्सार चोरी पैठारी गरी राजश्व छली गरेको विषयमा अनुसन्धानलाई अघि बढाइ सफल भएको समेत दाबी गरेका छन् ।

‘विभागले आर्थिक वर्ष ०८१/०८२ को जेठ महिनासम्म गरेको अनुसन्धानबाट सेवा क्षेत्र अन्तर्गतको कुरियर सेवामा ठूलो परिणाममा मू.अ कर तथा आयकर छली गरेकोसहित सुन, चाँदी तथा बहुमूल्य धातुको कारोबार, नक्कली बिल बीजकको प्रयोग गरी राजश्व चुहावट गरेको विषय, विदेशमा उत्पादित विभिन्न कपडा चोरी पैठारी, चीनमा उत्पादिन भेपको भन्सार चोरी पैठारी, ब्राण्डेड मदिराको बिर्को तथा ब्राण्डेड जुत्ताको चोरी पैठारी तथा भारतीय यात्रु बसमा फल्स बटम बनाई भन्सार चोरी पैठारी गरी राजश्व छली गरेको समेतका प्रवृत्तिहरु देखिएका छन्,’ उनले उल्लेख गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?