नुवाकोट बाढी अपडेट : बेपत्ता महिलाको खोजीमा सशस्त्रद्वारा २ वटा कुकुर पनि परिचालन

लोकपथ
1.8k
Shares

काठमाडौं । नुवाकोटमा बेपत्ता महिलाको खोजीकार्यका लागि सशस्त्र प्रहरी बलले कुकुर परिचालन गरेको छ ।

आज शुक्रबार खोलाले बगाएर बेपत्ता महिलाको खोजीकार्यका लागि सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय पशु स्वास्थ्य तथा डग हेण्डलर उपशाखा बलम्बुबाट २ वटा कुकुरसहित ७ जनाको टोली खटाइएको हो । 

नुवाकोटको ककनी गाउँपालिका–१ भसिबुस्थित बिमचना खोलामा अविरल वर्षाका कारण पानीको बहाव बढ्न गई ३२ वर्षीया कमला बलामी बेपत्ता भएकी थिइन् । उनको खोजीकार्यका लागि सशस्त्र प्रहरी सहायक निरीक्षक राजन सुवेदीको कमान्डमा ७ जना सुरक्षाकर्मीसहित २ वटा सर्च एन्ड रेस्क्यु तालिम प्राप्त कुकुर परिचालन गरिएको हो । बेपत्ता व्यक्तिको खोजीकार्य तथा उद्धारका लागि शुक्रबार बिहानैदेखि सशस्त्र प्रहरी बल नेपाल यूएन तालिम शिक्षालय ककनी, नं. १९ गुल्म नुवाकोट र सुरक्षा बेस बञ्चरेडाँडाबाट ६५ जना सुरक्षा फौज परिचालन भएको छ । सोही ठाउँमा रहेको ३ वटा गोठ बगाउँदा गोठमा रहेका अशोक बलामी घाइते भएको हुँदा उनलाई उद्धार गरी उपचारको लागि काठमाडौंमा ल्याइएको छ भने केही चौपाया बाढीले बगाएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?