पुरानो बसपार्कस्थित ‘काठमाडौं भ्यु टावर’ का ठेकेदार पक्राउ

लोकपथ
17.8k
Shares

काठमाडौं । काठमाडौंको पुरानो बसपार्कस्थित ‘काठमाडौं भ्यु टावर’ निर्माणको काम गरिरहेका व्यवसायी मनोज भेटवाललाई प्रहरीले आज शुक्रबार अनामनगरबाट पक्राउ गरेको छ । 

इनोभेटिभ कन्सेप्ट प्रालिका सञ्चालक भेटवालविरुद्ध १० करोड रुपैयाँको बैंकिङ कसुरको जाहेरी दर्ता भएको थियो । सोही मुद्दामा अनुसन्धानका लागि प्रहरीले उनलाई पक्राउ गरेको हो ।

भेटवाल यसअघि पनि चेक बाउन्स र रोयल मर्चेन्ट बैंकिङ एन्ड फाइनान्स लिमिटेड घोटाला मुद्दामा पक्राउ परिसकेका व्यक्ति हुन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?