भिजिट भिसा प्रकरणबारे देउवा भन्छन्– ‘बेकारको झूटा कुरा’

लोकपथ
1.5k
Shares

चितवन । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको संलग्नता रहेको भन्ने आरोपलाई स्पष्ट रूपमा अस्वीकार गरेका छन्। 

शुक्रबार चितवनमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो जिकिर गरेका हुन् । उनले भने, ‘कहाँबाट हुनु नि। बेकारको झूटा कुरा हो।’

उनले सरकारभित्र कुनै समस्या नरहेको पनि जिकिर गरे। सत्ता साझेदार एमालेसँग बेलाबेलामा मतभेद देखिनु स्वाभाविक भएको उल्लेख गर्दै देउवाले भने, ‘दुई वटा फरक पार्टी भएकाले केही असमझदारी हुनु सामान्य हो। ठुलो कुरा थिएन नि, त्यसमा असमझदारी थियो। टेक एन्ड पे हटेपछि बजेट पारित भइसक्यो।’

यस्तै, उनले नेपाली कांग्रेसको १५औँ महाधिवेशन पनि तोकिएको समयमा नै हुने जानकारी दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?