काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा इटालीको रोममा आयोजना हुने ‘खाद्य तथा कृषि सङ्गठन (एफएओ) कन्फ्रेन्स’को ४४औँ सत्रमा सहभागी हुन आज त्यसतर्फ प्रस्थान गरेकी छन् । सम्मेलन जुन २८ देखि जुलाई ४ सम्म चल्नेछ।
सम्मेलनका प्रमुख सत्रहरूसँगै आयोजित उच्चस्तरीय कार्यक्रमहरूमा पनि उनले सम्बोधन गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ। मन्त्री राणाको नेतृत्वमा गएको नेपाली प्रतिनिधिमण्डलमा अष्ट्रियामा कार्यरत नेपाली राजदूत तथा एफएओका लागि स्थायी प्रतिनिधि र परराष्ट्र, कृषि तथा पशुपक्षी विकास मन्त्रालयका अधिकारीहरू छन्।
एफएओ सम्मेलनपछि डा. राणा इटालीको मिलान तथा जर्मनीको ह्याम्बर्ग र बर्लिनमा लगानी बोर्ड नेपालले आयोजना गर्ने कार्यक्रमहरूमा समेत सहभागी हुने कार्यक्रम छ।
उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्र सचिव अमृतबहादुर राईसहित उच्च अधिकारीहरूले बिदाइ गरेका थिए।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया