प्रधानमन्त्री ओलीले बोलाए आज दिउँसो १ बजे बस्नेगरी मन्त्रिपरिषद् बैठक

लोकपथ
1.1k
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज दिउँसो १ बजे बस्नेगरी मन्त्रिपरिषद् बैठक बोलाएका छन् । 

प्रधानमन्त्रीको सचिवालयका अनुसार, बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बस्नेछ । प्रधानमन्त्री ओली भोलि शनिबार स्पेन भ्रमणमा जान लागेकाले आज मन्त्रिपरिषद् बैठक बोलाएका हुन् । 

प्रधानमन्त्री ओली भोलि युरोपेली मुलुक स्पेनको औपचारिक भ्रमणमा जाँदैछन् । स्पेनमा असार १६ देखि १९ गतेसम्म आयोजना हुने ‘विकासका लागि वित्तसम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलन’मा प्रधानमन्त्रीले भाग लिने कार्यक्रम छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?