देउवा भन्छन् : ‘सत्ता साझेदार दलबिच मतभेद हुनु स्वाभाविक, सहमतिमै सरकार अघि बढेको छ’

लोकपथ
742
Shares

चितवन । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेकपा एमालेसँग बेलाबेलामा देखिने असमझदारीलाई स्वाभाविक बताएका छन्।

शुक्रबार भरतपुरमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले सत्ता साझेदार दलबीच कहिलेकाहीँ मतभेद हुनु सामान्य भएको बताए। ‘एमाले फरक दल भएकाले कहिले काहीँ असमझदारी देखिन्छ, यो स्वाभाविक हो,’ देउवाले भने, ‘तर सरकार आपसी सहमति अनुसार नै अघि बढिरहेको छ।’

उनले सरकारले गर्ने कतिपय निर्णयमा फरक बुझाइका कारण असमझदारी देखिने गरेको बताए। सभापति देउवाले बजेटमा उल्लेख गरिएको ‘टेक एन्ड पे’ व्यवस्थाबारे पनि टिप्पणी गरे। उनले कांग्रेसको आग्रहपछि सरकारले उक्त प्रावधान सहज रूपमा हटाएको जानकारी दिए।

सत्ता गठबन्धनभित्र देखा पर्ने विवाद र मतभेदलाई लिएर भइरहेका अड्कलबाजीबीच देउवाको भनाइले सत्ता साझेदार दलहरूबीच संवाद र सहमतिका आधारमा सरकार सञ्चालन भइरहेको सन्देश दिन खोजिएको बुझिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?