केन्द्रीय कार्यसमिति बैठकका एजेन्डा तय गर्न देउवाले बोलाए पदाधिकारी बैठक 

लोकपथ
322
Shares

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केन्द्रीय कार्यसमिति बैठकका एजेन्डा तय गर्न पदाधिकारी बैठक बोलाएका छन् । सभापति देउवाले आइतबार बिहान साढे १० बजे देउवा निवास बुढानीलकण्ठमा बस्ने गरी पदाधिकारी बैठक बोलाएका हुन् । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक सोमबार दिउँसो १ बजे बस्दैछ । 

हरेक दुई दुई महिनामा बस्नु पर्ने केन्द्रीय कार्यसमिति बैठक सभापति देउवाले १० महिनापछि बोलाएका हुन् । 

कार्यसमितिको बैठकमा पार्टीसमेत सहभागी सरकारका काम कारबाही, राष्ट्रिय राजनीति र पार्टीको १५ औँ महाधिवेशनको पहिलो खुट्किलो पार्टी सदस्यताबारे समेत छलफल हुनेछ ।

यस्तै, पार्टीले निर्धारण गरिदिएको मितिमा महाधिवेशन गर्न नसकेका ७ भ्रातृ संस्थाका तदर्थ समितिको म्याद थप्ने कि नथप्ने भन्ने निर्णय गर्नेछ ।

कांग्रेसको गत फागुन १ गते बसेको पदाधिकारी बैठकले चैत मसान्तसम्म तरुण दल, नेपाल विद्यार्थी संघ, नेपाल महिला संघ, थारु संघ, नेपाल दलित संघ, नेपाल किसान महासंघ र नेपाल लोकतान्त्रिक खेलकुद संघलाई निर्देशन दिएको थियो । उनीहरूले चैत अन्तिमसम्म महाधिवेशन गर्न नसकेपछि न तदर्थ समितिको म्याद थपिएको छ, न भंग नै गरिएको छ । 

बैठकले गत भदौ यता कार्यसम्पादन समितिले बैठकले गरेको निर्णय पनि अनुमोदन गर्ने छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?