ठाडामगरको ‘ट्वाइसी’ बन्न डीआईजी गिरीद्वारा अस्वीकार, बुझबुझारथका बेला पनि ठाडामगरको अनुहार नै हेरेनन्

लोकपथ
27.4k
Shares

काठमाडौं । सशस्त्र प्रहरीका नायव महानिरीक्षक (डीआईजी) कमल गिरीले अतिरिक्त महानिरीक्षक (एआईजी ) गणेश ठाडामगरको प्रत्यक्ष मातहतमा रहने गरी काम गर्न अस्वीकार गरेका छन् । 

वरीयतामा आफूभन्दा जुनियर ठाडामगरलाई सरकारले एआईजीमा बढुवा गरेपछि ‘रिसाएका’ डीआईजी गिरीले ठाडामगरलाई पदस्थापन गरिएको सीमा विभागमा बस्न अस्वीकार गरेका हुन् । ठाडामगरलाई गत ४ असारमा एआईजीको दर्ज्यानी चिन्ह प्रदान गरिएको थियो । 

बढुवा सिफारिस समितिले गत १५ जेठमा रिक्त एक एआईजी पदमा दोस्रो वरीयताका डीआईजी ठाडामगरलाई सिफारिस गरेपछि गिरी ‘असन्तुष्टि जाहेर गर्दै’ लामो समय बिदामा बसेका थिए । बिदा बसेकै बेला उनले आफू कार्यरत सीमा विभागबाट कार्य विभागमा सरुवा मिलाएका थिए । ठाडामगर एआईजीमा बढुवा भएपछि कार्य विभागमा डीआईजीको एक दरबन्दी रिक्त थियो ।

स्रोतका अनुसार, डीआईजी गिरीले सिंहदरबारस्थित सुरक्षा परिषदमा आफ्नो सरुवाका लागि पहलसमेत गरेका थिए । सुरक्षा परिषदमा सरुवा हुँदा विभागका अन्य उच्चपदस्थ अधिकृतसँग देखभेट नहुने र फुर्सदिलोसमेत हुँदा ‘अन्य रणनीति’ बनाउन सहज हुने भएकाले उनी त्यहाँ जान खोजेका थिए । तर सुरक्षा परिषदमा केही समयअघि मात्रै डीआईजी पुरुषोत्तम थापाको सरुवा भएकाले उनी त्यहाँ जान सकेनन् । 

स्रोतका अनुसार, एआईजी ठाडामगरले दर्ज्यानी चिन्ह लगाएको ६ दिनपछि मात्रै डीआईजी गिरी आफू कार्यरत सीमा विभाग गएका थिए । त्यस दिन उनले एआईजी ठाडामगरको अनुहार नै नहेरी बुझबुझारथ गरेका थिए । बुझबुझारथपछि उनी कार्य विभाग हाजिर भएका थिए । 

एआईजी चन्द्रप्रकाश गौतम ३ वैशाखदेखि अवकाशमा गएपछि डीआईजी गिरी सीमा विभागको निमित्त प्रमुख बनेका थिए । 

एआईजी गौतमको अवकाशपछि रिक्त पदमा ८ जना डीआईजीले आवेदन दिएका थिए । अन्य सात जनालाई पछि पार्दै ठाडामगर एआईजी बन्न सफल भएका थिए । यद्यपि, उनीमाथि करोडौँ रुपैयाँ खर्च गरेर एआईजी बनेको आरोप लागिरहेको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?