अविरल वर्षाको बाढीले नुवाकोटमा एक महिला बेपत्ता, एकको उद्धार

लोकपथ
1.3k
Shares

काठमाडौं । नुवाकोट जिल्लाको ककनी गाउँपालिका–१ भसिबुस्थित बिमचना खोलामा अविरल वर्षाका कारण पानीको बहाव बढ्दा एक महिला बेपत्ता भएकी छिन् । बेपत्ता भएकी ३२ वर्षीया कमला बलामीको खोजीकार्यमा सशस्त्र प्रहरीको टोली खटिएको छ । साथै सोही ठाउँमा रहेको ३ वटा गोठ बगाउँदा गोठमा घाइते भएका अशोक बलामीलाई उद्धार गरी उपचारको लागि काठमाडौंतर्फ पठाएको छ । 

सो घटनाबारे जानकारी पाउनासाथ सशस्त्र प्रहरी बल नेपाल यूएन तालिम शिक्षालय ककनी, नं. १९ गुल्म नुवाकोट र सुरक्षा बेस बञ्चरेबाट गरी ६५ जना सुरक्षा फौज उद्धारका लागि खटिएको छ । सो खोलाले पशु चौपायालगायत अन्य सामान बगाएको छ । 

यसैगरी, डोल्पा जिल्लाको काइके गाउँपालिका–४ रिवामा अविरल वर्षाका कारण पहिरो गई सो ठाउँमा रहेको १५ घर पूर्ण रूपमा क्षति भएको छ । उक्त स्थानमा उद्धारका लागि सशस्त्र प्रहरी बल नेपाल नं. ४६ गुल्म डोल्पाको सुरक्षा फौज खटिएको छ । पहिरोमा परी ३ जना व्यक्ति घाइते भएका छन् । उनीहरूको अवस्था भने सामान्य रहेको सहप्रवक्ता डिएसपी शैलेन्द्र थापाले बताए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?