काठमाडौं । विदेशमा रहेका नेपालीहरूको विस्तृत विवरण संकलन गर्ने उद्देश्यसहित ‘श्रम संसार एप’ आजदेखि औपचारिक रूपमा सञ्चालनमा आएको छ।
परराष्ट्र मन्त्रालयमा आयोजित कार्यक्रममा परराष्ट्र मन्त्री डा. आरजु राणा देउवा र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारीले एपको संयुक्त शुभारम्भ गरे।
‘श्रम संसार एप’ विश्वभरि रहेका नेपाली डायस्पोराको विवरण सुरक्षित रूपमा संकलन गर्न डिजाइन गरिएको एप हो। विदेशमा कार्यरत नेपालीहरूले यसमा आफ्नो नाम, ठेगाना, रोजगार अवस्था लगायतको विवरण दर्ता गर्न सक्नेछन्।
यस माध्यमबाट कुन देशमा कति नेपाली छन्, उनीहरूको अवस्था कस्तो छ भन्ने बारेमा परराष्ट्र मन्त्रालय, श्रम मन्त्रालय तथा सम्बन्धित नेपाली दूतावासहरूलाई आवश्यक सूचना प्राप्त गर्न सहज हुनेछ।
सरकारले विश्वास लिएको छ कि यस एपमार्फत विदेशी भूमिमा रहेका नेपालीहरूसम्म कन्सुलर सेवा पुर्याउन, उद्धार र सहायतामा समयमै प्रतिक्रिया दिन थप प्रभावकारी हुनेछ।
शुभारम्भ कार्यक्रममा मन्त्रीद्वयले डिजिटल माध्यममार्फत प्रवासी नेपालीहरूसँगको सम्बन्ध बलियो बनाउने सरकारको लक्ष्य रहेको बताएका थिए।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया