काठमाडौ। नेपालकै सबैभन्दा ठूलो दुईपांग्रे एक्सचेन्ज महोत्सव ‘यामाहा ब्लू फेस्ट’ आजदेखि काठमाडौंको लगनखेल बसपार्कमा सुरु भएको छ।
कार्यक्रमको औपचारिक उद्घाटन वडाध्यक्ष नारायणलाल अवाले र एमएडब्लु राइड्सका कार्यकारी निर्देशक तथा सीईओ दीपककुमार अग्रवालले संयुक्त रूपमा गरेका थिए।
असार १२ गतेदेखि १७ गतेसम्म चल्ने यो एक्सचेन्ज महोत्सवमा जुनसुकै ब्रान्डका जुनसुकै बाइकलाई उत्कृष्ट मूल्याङ्कन र विविध लाभदायक अफरहरूका साथ नयाँ यामाहा बाइक वा स्कुटरसँग सजिलै साट्न सकिनेछ।

यामाहाले नेपाली ग्राहकहरूका लागि दैनिक यात्रादेखि एडभेन्चरसम्मका लागि उपयुक्त, माइलेजमा उत्कृष्टता र स्टाइलिश लुक्स सहितका बाइक तथा स्कुटरहरूको विविधता प्रस्तुत गर्दै आएको छ।
७१.३३ कि.मी. प्रतिलिटर माइलेज दिने नेपालकै सबैभन्दा किफायती स्कुटरदेखि लिएर स्पोर्टी डिजाइन र अफरोड क्षमतायुक्त शक्तिशाली बाइकहरू पनि महोत्सवमा उपलब्ध छन्। जापानी प्रविधिमा आधारित यामाहाका सवारीसाधनहरूले सुरक्षित, दक्ष र रोमाञ्चक यात्रा सुनिश्चित गर्ने कम्पनीको दाबी छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?











प्रतिक्रिया