सांसद भण्डारीको टिप्पणी : ‘अहिलेको नेतृत्वबाट धेरै आशा गर्नु बेकार छ’

लोकपथ
819
Shares

काठमाडौं । नेपाली कांग्रेसका सांसद चन्द्रकान्त भण्डारीले हालको राजनीतिक नेतृत्वबाट धेरै अपेक्षा गर्नु नै निरर्थक भएको टिप्पणी गरेका छन् ।

बिहीबार बसेको प्रतिनिधिसभाअन्तर्गत शिक्षा, विज्ञान तथा सूचना प्रविधि समितिको बैठकमा विद्यालय शिक्षा विधेयक उपसमितिको प्रतिवेदनमाथि छलफलमा सहभागी हुँदै सांसद भण्डारीले नेतृत्वले बोल्ने र भाषण गर्ने काममात्र गर्ने तर जिम्मेवारी पूरा नगर्ने प्रवृत्तिप्रति असन्तुष्टि जनाए ।

‘मलाई के लाग्छ भने अहिलेको नेतृत्वबाट धेरै आशा गर्नु बेकार छ,‘ उनले भने, ‘लेख्ने, बोल्ने, भाषण गर्ने तर कर्तव्य कोही पनि पूरा नगर्ने। यो अहिलेको नेतृत्व हो र म पनि त्यहीमा पर्छु। त्यसैले व्यवहारिक हुन जरुरी छ।’

सांसद भण्डारीले अझै पनि सिमान्तकृत समुदायका बालबालिकाले निःशुल्क शिक्षा प्राप्त गर्न नसकेको उल्लेख गर्दै उनीहरूको अधिकार सुनिश्चित गर्न आग्रह गरे । साथै उनले शिक्षालाई पैसासँग तुलना गर्न नमिल्ने धारणा व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?