यस्तो हुनेछ नागढुंगा–सिस्नेखोला सुरुङमार्ग

काठमाडौँ, २० कात्तिक- नागढुंगा–सिस्नेखोला सुरुङमार्गको निर्माणकार्य असारअघि नै सुरु हुने भएको छ । सुरुङमार्गको विस्तृत परियोजना रिपोर्ट (डिपिआर) तयार लगभग अन्तिम चरणमा पुगेको सडक विभागले जनाएको छ । सडक विभागअन्तर्गतको वैदेशिक महाशाखाका अनुसार सुरुङमार्ग निर्माणका लागि आगामी जनवरीभित्रै टेन्डर आह्वान गरिनेछ । ठेकेदार कम्पनी छनोट जेठ महिनासम्म सकिने र त्यसपछि निर्माणको काम सुरु हुनेछ । महाशाखा प्रमुख सञ्जयकुमार श्रेष्ठले डिपिआर तयारी अन्तिम चरणमा पुगेकाले सुरुङमार्ग निर्माणको काम चाँडै हुने बताए, नयाँ पत्रिकामा खबर छ महाशाखाका अनुसार सुरुङमार्ग तीन लेनको हुनेछ । उपत्यका प्रवेश गर्ने सवारीसाधन दुई लेनबाट गुड्नेछन् । बाहिरिने सवारीसाधान एक लेनबाट जानेछन् । ‘सुरुङमार्ग तीन लेनको हुनेछ । दुईवटा लेनबाट सवारीसाधन भित्रिने र एक लेनबाट बाहिरिनेछन् । उपत्यका भित्रिने सवारीसाधन लामो दूरी तय गरेर आउँछन् । बिग्रने डर हुन्छ । यसका लागि दुई लेन छुट्याइएको हो । तर, बाहिरिनेमा त्यस्तो समस्या हुन्न,’ महाशाखा प्रमुख श्रेष्ठले भने उनका अनुसार सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनले कम्तीमा २५ र बढीमा ५० रुपैयाँ ‘टोल ट्याक्स’ तिर्नुपर्ने हुन्छ । यात्राको समय छोटिने मात्र नभई सुविधासम्पन्नसमेत हुने भएकाले ‘टोल ट्याक्स’ प्रणाली राखिने उनले बताए । ‘पेइङ रोडका रूपमा विकास गर्न लागिएको हो यो सुरुङमार्ग । विदेशमा यस्ता धेरै सडक छन्,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?