धरानका दलहरूको ज्ञापनपत्रपछि प्रचण्डको प्रतिबद्धता : ‘बीपी प्रतिष्ठान छुट्टै विश्वविद्यालय बन्छ’

लोकपथ
784
Shares

काठमाडौं । धरानका प्रमुख राजनीतिक दलहरूले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई पृथक चिकित्सा विश्वविद्यालयका रूपमा विकास गर्न माग गर्दै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई संयुक्त ज्ञापनपत्र बुझाएका छन्।

नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) र जनता समाजवादी पार्टीका प्रतिनिधिहरूले संयुक्तरूपमा अध्यक्ष प्रचण्डलाई उक्त ज्ञापनपत्र बुझाएका हुन्। ज्ञापनपत्रमा प्रतिष्ठानलाई ‘छाता ऐन’ बाट हटाएर छुट्टै चिकित्सा विज्ञान विश्वविद्यालयको रूपमा विकास गर्न सरकारसँग पहल गर्न माग गरिएको छ।

ज्ञापनपत्र बुझ्दै प्रचण्डले बीपी प्रतिष्ठान पूर्वी नेपालको ऐतिहासिक र महत्वपूर्ण संस्थान रहेको उल्लेख गर्दै व्यवस्थापनमा देखिएको कमजोरी दुर्भाग्यपूर्ण भएको बताए। ‘यसलाई प्रभावकारी रूपमा अगाडि बढाउन अब संरचनागत तथा नीतिगत सुधार गर्न आवश्यक छ,’उनले भने।

पूर्वप्रधानमन्त्रीसमेत रहेका प्रचण्डले आफू सरकारमा रहँदा धेरै विश्वविद्यालय स्थापना गरेको स्मरण गराउँदै धरानस्थित प्रतिष्ठानको माग जायज भएको बताए। उनले भने, ‘तपाईंहरू समाधानको विकल्प लिएर आउनुभएको छ, यो सकारात्मक हो। तपाईंहरूको यस मागमा म पूर्ण रूपमा साथमा छु।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?