नारायणगढ–मुग्लिन सडक खण्ड : जोखिमपूर्ण ढुंगा हटाएपछि सडक सञ्चालनामा

लोकपथ
616
Shares
फाइल तस्बिर

चितवन । इच्छाकामना गाउँपालिका–५ तुइनखोलामा जोखिमपूर्ण अवस्थामा रहेको ढुंगा हटाएपछि नारायणगढ–मुग्लिन सडक खण्ड दुईतर्फी रूपमा पूर्णरूपमा सञ्चालनमा आएको छ।

सडक डिभिजन कार्यालय भरतपुरका सूचना अधिकारी इञ्जिनियर कृष्ण आचार्यका अनुसार तुइनभिरमा अड्किएको ढुंगा झार्न आज बिहान ११ बजेबाट दिउँसो १ बजेसम्म सडक बन्द गरिएको थियो। काम पूरा नहुँदा समय थप गरी दिउँसो ३ बजे सम्म सडक बन्द गरिएको थियो।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरिक्षक रविन्द्र खनालले भने, ‘सडकमाथि जोखिमपूर्ण अवस्थामा रहेको ढुंगा सडक डिभिजन कार्यालयले व्यवस्थापन गरेको हो। यसले वर्षात् सिजनमा हुनसक्ने जोखिम र दुर्घटनालाई कम गर्नेछ।’

ढुंगा पन्छाउने काम दिउँसो ३ बजे सम्पन्न भएपछि सडक पूर्ण रूपमा सञ्चालनमा आएको प्रहरीले जानकारी दिएको छ। प्रहरी नायब उपरिक्षक खनालका अनुसार सडक खुला रहेको अवधिभर सवारीसाधन चालकहरूले लेन अनुशासन पालना गर्न र सडक डिभिजन तथा प्रहरी कार्यालयको निर्देशनलाई ध्यानमा राख्न अनुरोध गरिएको छ।

यसले स्थानीय यातायात तथा आवागमनमा सहजता थपिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?