वैदेशिक रोजगारीका नाममा ५८ लाख ठगी, दुई जना काठमाडौंबाट पक्राउ

लोकपथ
1.5k
Shares

काठमाडौं । वैदेशिक रोजगारीका नाममा ५८ लाख रुपैयाँ ठगी गरेको आरोपमा दुई जना काठमाडौंबाट पक्राउ परेका छन् ।

दोलखा बैतेश्वर गाउँपालिका–३ की ३१ वर्षीया नवीना दाहाल घिमिरे र सर्लाही कौडेना गाउँपालिका–४ का ४३ वर्षीय लछुमन साह तेलीलाई पक्राउ गरेर काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले बिहीबार सार्वजनिक गरेको हो ।

कार्यालयका सूचना अधिकारी एवं प्रहरी उपरीक्षक काजीकुमार आचार्यका अनुसार नवीना दाहालले युके पठाइदिने भन्दै दुई व्यक्तिबाट ५२ लाख रुपैयाँ लिई सम्पर्कविहीन भएकी थिइन् । त्यस्तै, लछुमन साहले कतार पठाइदिने भन्दै तीन जनाबाट ६ लाख रुपैयाँ असुलेका थिए ।

पीडितहरूबाट उजुरी परेपछि प्रहरीले काठमाडौंबाट दुवै जनालाई पक्राउ गरेको हो । पक्राउ परेकाहरूलाई थप अनुसन्धान र कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल पठाइएको प्रहरी उपरीक्षक आचार्यले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?