संघीय लोकतान्त्रिक मोर्चाको बैठक- आगामी उपनिर्वाचनमा साझा उम्मेदवारबारे छलफल

लोकपथ
1.6k
Shares

काठमाडौं । मधेस केन्द्रित सात दलको समावेश रहेको संघीय लोकतान्त्रिक मोर्चाको बैठक बसेको छ । नागरिक उन्मुक्ति पार्टीका संरक्षक तथा पूर्वसांसद रेशम चौधरीको अध्यक्षतामा मोर्चाको बैठक काठमाडौंमा बसेको हो ।

बैठकमा पछिल्ला राजनीतिक घटनाक्रमका साथै मोर्चाको आगामी रणनीति र कार्ययोजना सम्बन्धमा विस्तृत छलफल भइरहेको मोर्चा स्रोतले जनाएको छ । बैठकमा दलहरूबीच बढ्दो सहकार्य, संविधान संशोधनको माग, सत्तासँगको सम्बन्ध र आगामी निर्वाचन रणनीतिलगायत विषयमा समेत केन्द्रित छलफल भइरहेको बताइएको छ ।

यसैबीच, प्रतिनिधिसभा सदस्यको रुपमा रिक्त भएको रुपन्देही क्षेत्र नम्बर ३ र गण्डकी प्रदेशसभा अन्तर्गतको मनाङ क्षेत्र नम्बर १(९२०) का लागि उपनिर्वाचनको तयारी पनि सुरु भएको छ । निर्वाचन आयोगले ती दुई क्षेत्रमा उपचुनावको मिति तोक्न आन्तरिक तयारी गरिरहेको स्रोतले जनाएको छ ।

मोर्चाले आगामी उपनिर्वाचनमा साझा उम्मेदवारबारे समेत बैठकमा विचार गरिरहेको जनाइएको छ । मोर्चाका नेताहरूले गठबन्धनलाई चुनावी मोर्चामा परिणत गर्ने प्रयास तीव्र बनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?