विराटनगर । कोशी प्रदेशसभाको आजको बैठकमा ‘कोशी प्रदेश सरकारको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक, २०८२ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मतिले पारित भएको छ ।
आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर मगरले पेस गरेको उक्त प्रस्तावमा सभामुख अम्बरबहादुर विष्टले निर्माणार्थ प्रस्तुत गरेसँगै बैठकले सर्वसम्मतिले पारित गरेपछि छलफल सुरु भएको थियो ।
छलफलमा कोशी प्रदेशसभाका सांसदद्वय तिलचन पाठक र इस्राइल मन्सुरीले प्रदेश सरकारले प्रदेशलाई समृद्धि एवं विकास गर्न अर्थ संकलन सम्बन्धमा ल्याएको प्रस्तावको पूर्ण रूपमा समर्थन रहेको बताए।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?











प्रतिक्रिया