काठमाडौं उपत्यकामा लागु औषधको बिगबिगी छ : प्रहरी महानिरीक्षक थापा

लोकपथ
294
Shares

काठमाडौं । प्रहरी महानिरीक्षक दीपक थापाले सबैको ऐक्यबद्धता भए लागु औषध दुर्व्यसनी नियन्त्रण गर्न सफल हुने बताएका छन् । 

बिहीबार काठमाडौंमा लागु औषध दुरुपयोग तथा अवैध ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्  । उनले काठमाडौं उपत्यकामा लागु औषधको बिगबिगी बढिरहेको बताए । 

त्यसलाई मध्यनजर गरी नेपाल प्रहरीले काठमाडौं उपत्यका प्रहरी कार्यालयले काठमाडौं उपत्यकाभर लागु औषध रोकथाम र नियन्त्रणको अभियानलाई सशक्त ढंगले अघि बढाइरहेको बताए ।  

सबै पालिका, सबै तहतप्का र विद्यालय तहमा लागु औषध विरुद्धको अभियानमा सचेतनामूलक कार्यक्रम लिएर अघि बढिरहेको बताए ।  लागु औषधको डिमाण्ड र सप्लाईलाई नियन्त्रण कसरी गर्ने भनेर योजना बनाइ अघि बढ्न जरुरी रहेको बताए । नेपाल प्रहरीले चालु आर्थिक वर्षको जेठ महिनासम्ममा अघिल्लो आवमा भन्दा गाँजा ६५ प्रतिशत, अफिम ७७ प्रतिशत, हिरोइन ७९, अन्य औषधिजन्य लागूपदार्थ ५३ प्रतिशतले बरामद गरेको जानकारी दिए । 

उनले भने, ‘काठमाडौं उपत्यकामा लागु औषधको बिगबिगी बढिरहेको छ । अहिले काठमाडौं उपत्यका प्रहरी कार्यालयले काठमाडौं उपत्यकाभर हामीले लागु औषध रोकथाम र नियन्त्रणको अभियानलाई सशक्त ढंगले अघि बढाइरहेका छौँ । हामीले सबै पालिका, सबै तहतप्का र विद्यालय तहमा हामीले लागु औषध विरुद्धको अभियानमा सचेतनामूलक कार्यक्रम लिएर जाँदैछौँ । सबैको ऐक्यबद्धता भए लागु औषध दुर्व्यसनी हामी नियन्त्रण गर्नसक्छौँ । डिमाण्ड र सप्लाईलाई नियन्त्रण कसरी गर्ने भनेर हामीले कार्यक्रम बनाउन जरुरी छ । नेपाल प्रहरीले चालु आर्थिक वर्षको जेठ महिनासम्ममा अघिल्लो आवमा भन्दा गाँजा ६५ प्रतिशत, अफिम ७७ प्रतिशत, हिरोइन ७९, अन्य औषधिजन्य लागूपदार्थ ५३ प्रतिशतले बरामद गरेको छ ।’

उनले लागु औषधको न्यूनीकरण, रोकथाम र नियन्त्रणको विषय गम्भीर बन्दै गइरहेको बताए । लागु औषधको नियन्त्रण र निवारणमा समयमै सबै एकजुट हुन नसके उत्पादनशील र सृजनशील युवा जनशक्ति गुमाउनुपर्ने अवस्था रहेको बताए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?