पूर्वप्रधानमन्त्री नेपालविरुद्धको मुद्दामा थुनछेक बहस सकियो, आजै आदेश आउने तयारी

लोकपथ
707
Shares

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी) अध्यक्ष माधवकुमार नेपालविरुद्धको भ्रष्टाचारसम्बन्धी मुद्दामा विशेष अदालतमा थुनछेक बहस सकिएको छ। बुधबार अदालतमा नेपाल पक्ष र सरकारी वकिलबीचको बहस सम्पन्न भएको हो।

नेपालका पक्षबाट वरिष्ठ अधिवक्ता एवं पूर्वमहान्यायाधीवक्ता रमण श्रेष्ठ, शम्भु थापा, खम्बबहादुर खाती, गोविन्द बन्दीलगायत पाँच जना कानुन व्यवसायीले बहस गरेका थिए। उनीहरूले नेपाललाई बिनाशर्त रिहा गर्न माग गर्दै, मुद्दा राजनीतिक प्रेरित र कानुनी आधारबिनाको भएको तर्क प्रस्तुत गरे।

उता, सरकारी वकिलले भने भ्रष्टाचार निवारण ऐनअनुसार नेपालमाथि पुर्पक्षका लागि थुनामा राख्नुपर्ने माग गर्दै बहस गरेका छन्। उनीहरूले पर्याप्त प्रमाण र प्रारम्भिक आधार रहेको दाबी गर्दै, थुनछेक बहसमा कडा अडान राखेका थिए।

विशेष अदालतका न्यायाधीशहरूबाट आजै आदेश आउने तयारी भइरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?