काठमाडाैं । सरकारले सोमबार बसेको मन्त्रिपरिषद् बैठकका १५ निर्णय सार्वजनिक गरेको छ। सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमार्फत सञ्चार तथा सूचना प्रविधि मन्त्री तथा सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले निर्णयहरू सार्वजनिक गरेका हुन्।
मन्त्री गुरुङका अनुसार, बैठकले अध्यागमन तथा भिजिट भिसा सम्बन्धी विगतदेखि देखिँदै आएका समस्या समाधान गर्न सात सदस्यीय उच्चस्तरीय छानबिन समिति गठन गर्ने निर्णय गरेको छ। पूर्व मुख्यसचिव शङ्करदास वैरागीको अध्यक्षतामा गठित उक्त समितिले अध्यागमन प्रणालीमा देखिएको अव्यवस्था, भिजिट भिसा दुरुपयोग लगायत विषयमा अध्ययन गरी सुझाव पेस गर्नेछ।
त्यसैगरी, बैठकले असार १३ गतेदेखि २९ गतेसम्म इटालीमा आयोजना हुने संयुक्त राष्ट्रसंघीय खाद्य तथा कृषि संगठन (एफएओ) को ४४औँ सत्रमा सहभागी हुन परराष्ट्र मन्त्रीलाई स्वीकृति दिने निर्णय पनि गरेको छ। साथै, लगानी बोर्ड नेपालले इटाली र जर्मनीमा आयोजना गर्ने लगानी प्रवर्धन कार्यक्रमहरूमा पनि परराष्ट्र मन्त्रीको सहभागिता सुनिश्चित गरिएको छ।
मन्त्रिपरिषद्का अन्य निर्णयहरू सार्वजनिक गरिने क्रम जारी रहेको मन्त्री गुरुङले जानकारी दिए।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया