नेकपा एमालेको सचिवालय बैठक च्यासलमा जारी

लोकपथ
112
Shares

काठमाडौं । नेकपा (एमाले) को सचिवालय बैठक ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा सुरु भएको छ।

केहीबेर अघि सुरु भएको बैठकमा समसामयिक राजनीतिक विषयवस्तुहरू, संघीय संसद्मा चलिरहेको गतिविधि, पार्टीको संगठनात्मक सुदृढीकरण, आगामी रणनीति तथा नीति निर्देशिका लगायतका विषयमा छलफल हुने बताइएको छ।

पार्टी स्रोतका अनुसार सरकारले प्रस्तुत गरेका विभिन्न विधेयक, सरकारको कार्यशैली, आगामी निर्वाचनको तयारी, प्रदेश र स्थानीय तहमा पार्टीको भूमिका तथा जनस्तरमा पार्टीको सन्देश प्रवाहका विषयमा समेत बैठक केन्द्रित रहनेछ।

बैठकमा अध्यक्ष केपी शर्मा ओली, महासचिव शंकर पोखरेल, उपाध्यक्ष विष्णु रिमाल, ईश्वर पोखरेल, महासचिवस्तरका अन्य नेताहरुको उपस्थिति रहेको छ।

सचिवालय बैठकपछि निर्णयबारे पार्टीले औपचारिक धारणा सार्वजनिक गर्ने बताइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?