ललितपुरको बाडेगाउँबाट जुवातास खेल्दै गरेको अवस्थामा चार जना पक्राउ

लोकपथ
924
Shares

काठमाडौं । ललितपुरको गोदावरी नगरपालिका–१४ स्थित बाडेगाउँबाट जुवातास खेल्दै गरेको अवस्थामा प्रहरीले चार जनालाई पक्राउ गरेको छ।

मंगलबार दिउँसो बाडेगाउँमा रहेको ४६ वर्षीय मदन लामाको चिया पसलमा जुवातास खेलिरहेको सूचनाका आधारमा प्रहरी पुगेको थियो। प्रहरीले मदन लामा सहित चार जनालाई पक्राउ गरेको हो।

प्रहरी प्रभाग बाडेगाउँबाट खटिएको टोलीले उनीहरूलाई नगद ७५ हजार ५ सय ५० रुपैयाँ र ८ बुक ताससहित नियन्त्रणमा लिएको जनाइएको छ।

पक्राउ परेका व्यक्तिहरूलाई आवश्यक अनुसन्धानका लागि थप प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?