काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संसदीय समितिबाट पारित भइसकेका विधेयक सदनमा पुग्दासम्म अनावश्यक चलखेल हुने गरेकोप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन्।
प्रतिनिधिसभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बुधबार बसेको बैठकमा भाग लिँदै प्रचण्डले संघीय निजामती सेवा विधेयक प्रतिनिधिसभाको कार्यसूचीबाट हटाइनु चिन्ताजनक भएको बताए। उनले सरकार र समितिका सभापतिलाई विधेयक सदनमा पारित गराउने विषयमा गम्भीर ध्यान दिन आग्रह गरे।
समितिबाट सदनमा पुग्ने बेलासम्म धेरै चलखेल हुने गरेका छन्,’प्रचण्डले भने, अहिले पनि राजनीतिक परिस्थितिलाई हेर्दा धेरै मेहनत गरेर ल्याइएका महत्त्वपूर्ण विधेयक कार्यसूचीबाट हटाइँदा चिन्ता बढेको छ।’
उनका अनुसार संघीय निजामती सेवा विधेयक र विद्यालय शिक्षा विधेयक जस्ता महत्त्वपूर्ण विधेयक सदनसम्म पुर्याउन स्वयं उनले ठुलो मेहनत गरेका थिए। सरकारले विद्यालय शिक्षा विधेयक असार १५ गतेभित्र ल्याउने प्रतिबद्धता जनाइसकेको भन्दै उनले सो प्रतिबद्धता कार्यान्वयनमा ढिलाइ नगर्न चेतावनी दिए।
‘कतै फेरि यतिकै टारिने त होइन भनेर चिन्ता लागेको छ,’भन्दै प्रचण्डले सरकारसँगै संसदीय समिति सभापतिको पनि ध्यानाकर्षण गराए।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया