एमाले सचिवालय बैठक २ घण्टा पछि सर्‍यो

लोकपथ
266
Shares
फाइल तस्बिर

काठमाडौं । नेकपा (एमाले) को सचिवालय बैठक तय समयभन्दा पछि सारिएको छ।

प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा आज च्यासलस्थित पार्टी मुख्यालयमा दिउँसो १ बजेका लागि बोलाइएको बैठक प्रधानमन्त्रीको कार्यव्यस्तताका कारण ३ बजेसम्मका लागि सारिएको हो।

बैठकमा पार्टीको आगामी विधान महाधिवेशनको पूर्वतयारी, साङ्गठनिक गतिविधि, तथा समसामयिक राजनीतिक विषयहरूमा विस्तृत छलफल हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । 

एमालेले आफ्नो विधान महाधिवेशन आगामी भदौ २० देखि २२ गतेसम्म ललितपुरको गोदावरीस्थित सनराज सम्मेलन केन्द्रमा आयोजना गर्ने निर्णय गरिसकेको छ। बैठकमा सो महाधिवेशनलाई सफल बनाउन आवश्यक तयारी, रणनीति र कार्य विभाजनसम्बन्धी एजेन्डा पनि प्रमुख रूपमा रहने अनुमान गरिएको छ।

पार्टी भित्र र बाहिर बढ्दो राजनीतिक गतिविधिका बीच बस्न लागेको यो सचिवालय बैठकले एमालेको भावी दिशा निर्धारणमा महत्त्वपूर्ण संकेत दिने अपेक्षा गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?