मिस नेपाल २०२५ को आवेदन खुला, चारवटा उपाधिका लागि प्रतिस्पर्धा

लोकपथ
378
Shares

काठमाडौं । नेपालको प्रतिष्ठित सौन्दर्य प्रतियोगिता मिस नेपाल २०२५ का लागि आवेदन खुला गरिएको छ। आयोजक संस्था दि हिडेन ट्रेजर ले एक विज्ञप्ति जारी गर्दै प्रतियोगिताको आवेदन खुला भएको जानकारी गराएको हो ।

दि हिडेन ट्रेजरले यस वर्ष आफ्नो ३०औँ वार्षिकोत्सवको अवसर पारेर प्रतियोगितामा नयाँ उपाधि ‘मिस नेपाल कोस्मो’ थप गरिएको जानकारी दिएको छ।

यस वर्ष प्रतियोगिताबाट चार वटा उपाधिहरू प्रदान गरिनेछन्  ।  यी उपाधीमा मिस नेपाल वर्ल्ड, मिस नेपाल इन्टरनेसनल, मिस नेपाल अर्थ र नयाँ थप गरिएको मिस नेपाल कोस्मो छन् । ‘मिस नेपाल कोस्मो’ उपाधि प्राप्त गर्नेले भियतनाममा आयोजना हुने ‘मिस कोस्मो’ अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्ने अवसर पाउनेछिन्।

मिस नेपालको फिनाले कार्यक्रम भदौ १४ गते ललितपुरको गोदावरीस्थित सनराइज कन्भेन्सन सेन्टरमा आयोजना गरिनेछ।

प्रतियोगिताको तयारी स्वरूप आयोजक संस्थाले देशका विभिन्न सहरमा पुगेर प्रारम्भिक चरणमा सहभागीहरूको छनोट गर्नेछ।

छनोटमा परेका प्रतियोगीहरू राजधानी काठमाडौंमा विशेष ग्रुमिङ र प्रशिक्षण कार्यक्रममा सहभागी हुनेछन्, जसले उनीहरूलाई ग्रान्ड फिनालेका लागि तयार पार्नेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?