काठमाडौं । पतञ्जलि समूहसँग सम्बन्धित जग्गा प्रकरणमा दायर भएको भ्रष्टाचार मुद्दामा पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालको विशेष अदालतमा बयान सुरु भएको छ।
नेपाल आज (बुधबार) बिहान आफैं विशेष अदालत उपस्थित भएर न्यायाधीशत्रय तेजनारायण सिंह राई, रामबहादुर थापा र विदुर कोइरालाको इजलासमा बयान दिन थालेका हुन्।
नेपालको बयानपछि थुनछेक बहस हुने विशेष अदालतले जनाएको छ। अदालतले यसअघि नै मुद्दाका अरु प्रतिवादीहरूलाई पनि बयानका लागि उपस्थित गराइरहेको छ।
यस प्रकरणले उच्च राजनीतिक तहसम्म मुछिएको भन्दै सार्वजनिक चासो र बहस समेत तीव्र भएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया