काठमाडौं । रौतहटको चन्द्रपुर नगरपालिकामा सेफ्टिक ट्यांकीमा खसेर दुई नाबालकको मृत्यु भएको छ ।
चन्द्रपुर–१०, निबुवा टोलमा मंगलबार साँझ भएको उक्त दुःखद दुर्घटनामा एक वर्षीय रञ्जे साह र एक वर्षीया खुश्बु साहको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।
प्रहरीका अनुसार दुवै बालबालिका खेल्ने क्रममा साँझ पौने ८ बजे स्थानीय हृदय पासवानको घरको शौचालय नजिक रहेको सेफ्टिक ट्यांकीमा खसेका थिए। तत्काल उद्धार गरी चपुरस्थित सरकारी अस्पताल पुर्याइए पनि चिकित्सकहरूले उनीहरूलाई मृत घोषणा गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया