एमाले सचिवालय बैठक आज बस्दै, विधान महाधिवेशनको तयारी मुख्य एजेण्डा

लोकपथ
448
Shares
फाइल तस्बिर

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आज (बुधबार) बस्दै छ । बैठक पार्टीको केन्द्रीय कार्यालय च्यासल, ललितपुरमा  दिउँसो १ बजे बस्ने तय भएको हो ।

पार्टी स्रोतका अनुसार बैठकमा आगामी भदौ २० देखि २२ गतेसम्म ललितपुरको गोदावरीमा आयोजना गरिने विधान महाधिवेशनको तयारीसम्बन्धी विषयमा छलफल हुनेछ। साथै, समसामयिक राजनीतिक अवस्थाबारे समेत बैठकमा गहिरो समीक्षा हुने बताइएको छ।

एमालेले विधान महाधिवेशनलाई पार्टीको नीति, संरचना र सांगठनिक रणनीति सुदृढ बनाउने अवसरको रूपमा लिएको बताइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?