काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रमुख सचेतक सन्तोष परियारले भिजिट भिसा प्रकरणसम्बन्धी पार्टीका मागहरू पूरा नभएसम्म संसदीय प्रक्रियामा सहभागी नहुने बताएका छन् ।
मंगलबार संसद् भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै परियारले सरकार गम्भीर विषयलाई पन्छाउन खोजिरहेको आरोप समेत लगाए । हामीले आज सदन बहिष्कार गर्यौँ, हाम्रो आन्दोलन यथावत छ,’उनले भने, ‘सरकारले भिजिट भिसा जस्तो गम्भीर मुद्दालाई पन्छाउन खोजेको देखिन्छ । त्यो प्रयास बन्द हुनुपर्छ । हाम्रो माग पूरा भयो भने संसदीय प्रक्रियामा फर्किहाल्छौँ ।’
उनका अनुसार आउँदो असार १४ गते बस्ने संसद् बैठकअघि पार्टीले आफ्ना मागलाई थप स्थापित गर्न आवश्यक गतिविधिहरू गर्नेछ ।
सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले पूर्व मुख्यसचिव शंकरदास बैरागीको अध्यक्षतामा भिजिट भिसा प्रकरण छानबिनका लागि उच्चस्तरीय समिति गठन गरेको थियो । तर उक्त समितिलाई रास्वपाले अस्वीकार गरिसकेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया