काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले दैलेखको मिथेन ग्याँसको व्यावसायिक उत्पादन आगामी आर्थिक वर्षभित्र भइसक्ने बताएका छन् । मंगलबारको प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् ।
उनले दैलेखमा मिथेन ग्याँसको ११२ अर्ब घनमिटर एउटा कुवाबाट मात्रै प्राप्त हुने कामको अनुसन्धान सफलतापूर्वक सम्पन्न भएको बताए । यसको परीक्षण उत्पादन मंसिरभित्रमा सम्पन्न हुने बताए । यसको सदुपयोग पनि गरिने जानकारी दिए ।
प्रधानमन्त्री ओलीले भने, ‘दैलेखमा मिथेन ग्याँसको ११२ अर्ब घनमिटर एउटा कुवाबाट मात्रै प्राप्त हुने काम थालेका थियौँ, सफल भएको छ । यसको परीक्षण उत्पादन मंसिरभित्रमा हुनेछ । यसको व्यावसायिक उत्पादन सम्भवतः आगामी आर्थिक वर्षभित्र भइसक्नेछ । सदुपयोग पनि गरिनेछ । ’
प्रधानमन्त्री ओलीले विद्यालय शिक्षा ऐन छिटो पारित गर्नेतर्फ सरकार अग्रसर रहेको बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया