यसरी खुल्यो थापाको सेनापति बन्ने बाटो

काठमाडौँ, २० कात्तिक- नेपाली सेनाको आगामी प्रधानसेनापति पूर्णचन्द्र थापा हुने निश्चित भएको छ जंगी अड्डाको दोस्रो वरीयतामा रहेका बलाधिकृत रथी (लेफटनेन्ट जनरल) बलदेवराज महतको अवकाशसँगै बलाध्यक्ष रथी थापा नेतृत्व ‘ट्रयाक’का एकल धावक बनेका हुन् । महतले १६ कात्तिकदेखि ५८ वर्ष उमेर हदले अनिवार्य अवकाश पाएपछि तेस्रो मर्यादामा रहेका थापा दोस्रो मर्यादामा उक्लेका हुन् सामान्य अवस्था र उमेर रहँदासम्म यो पदावधि थप्ने प्रचलनअनुरूप नै थापाको म्याद थप भएको थियो । महत र थापा दुवैको दोस्रोपटक म्याद थप भएको भए पनि महत उमेर हदले सेवानिवृत्त भएपछि थापा प्रधानसेनापति दौडमा एकल देखिएका हुन्, कान्तिपुरमा खबर छ  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?