झापा । झापाको कमल गाउँपालिका–१ स्थित कृष्णखोलाको किनारमा आज बिहान एक बालकको शव फेला परेको छ ।
जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक (डीएसपी) खगेन्द्रबहादुर खड्काका अनुसार बिहान इलाका प्रहरी कार्यालय तोपगाछीमा शरीरमा कपडा नभएको करिब १२ वर्षीय बालकको शव खोलाले बगाएर ल्याएको सूचना प्राप्त भएको थियो ।
प्रहरी टोली घटनास्थल पुगेपछि शवको पहिचान कमल गाउँपालिका–१ का मिङमारेन्जे शेर्पाका १२ वर्षीय छोरा सुसान शेर्पाका रूपमा भएको पुष्टि भएको डीएसपी खड्काले जानकारी दिए ।
प्रहरीका अनुसार सुसान असार ८ गते अपराह्न ३ बजे घरबाट कसैलाई जानकारी नदिई निस्किएका थिए । आफन्त तथा छिमेकीहरूले खोजी गर्दा फेला नपरेपछि असार ९ गते उनका पिताले इलाका प्रहरी कार्यालय तोपगाछीमा हुलिया विवरणसहित निवेदन दिएका थिए ।
घटनासम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया