काठमाडौं । नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले गृहमन्त्री रमेश लेखकलाई अत्यन्तै स्वच्छ छविको व्यक्ति भन्दै प्रशंसा गरेका छन् ।
मंगलबार प्रतिनिधि सभा बैठकमा बोल्दै घिमिरेले गृहमन्त्री लेखक पटक–पटक मन्त्री भएका बेला बेदाग चरित्र प्रस्तुत गरेको उल्लेख गरे ।
‘माननीय गृहमन्त्री आफैँमा अत्यन्तै स्वच्छ छविको इतिहास निर्माण गरेको व्यक्ति हो । पटक पटक मन्त्री हुनुभएको बेदाग चरित्र पनि हो,’ उनले भने ।
भिजिट भिसा प्रकरण छानबिनका लागि बनेको उच्चस्तरीय समितिप्रति विश्वास व्यक्त गर्दै उनले गृहमन्त्री लेखकले निष्पक्ष ढंगले छानबिन अघि बढाउने कुरामा पर्याप्त आधार रहेको बताए ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले संसद् बहिष्कार गरेको विषयमा टिप्पणी गर्दै उनले संसदीय अभ्यासमा सरकारमाथि र सांसदमाथि विश्वास नगरी नचाहिने व्यवहार नगर्न आग्रह गरे ।
‘कति दिनसम्म यसरी संसद् बहिष्कार गरेर चल्छ रु संसदीय अभ्यास यही हो रु सरकार र सांसदमाथि विश्वास नगर्ने हो भने संसदीय अभ्यासमा सामेल कसरी हुने ?’ घिमिरेले प्रश्न गरे ।
उनले रास्वपा र राप्रपालाई छानबिन समितिलाई साथ दिन र परिणाम पर्खन आग्रह गरे । ‘समितिलाई अपनत्व गरेर शङ्काको सुविधा त दिएर हेर्नुस्, त्यो समितिबाट के परिणाम आउँछ हेरौँ,’ उनले भने । साथै उनले समितिले राम्रो ढंगले काम गर्नुपर्नेमा समेत जोड दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया